दर्शकले दुइटा उस्तै लाग्ने नामका फिल्म हेर्न पाउने भएका छन् । योगेश घिमिरेको ‘राधा’ र सुशील पोखरेलको ‘राधे’ । निर्देशक योगेशले दसैँमा रिलिज गर्ने भनेर राधा फिल्मको सुटिङ लगभग सकाएका छन् भने निर्माता सुशील फागुन १३ मा रिलिज गर्ने लक्ष्य लिएर राधे बनाउने तयारीमा लागेका छन् । राधा र राधेमा दर्शक झुक्किने ‘कन्फर्म’ नै छ । आखिर किन भइरहेको छ यस्तो ? निर्माता सुशील भन्छन्, ‘राधे एक्सन फिल्म हो । अरू मलाई थाहा भएन ।’ योगेश भन्छन्, ‘राधा सामाजिक प्रेमकथानक फिल्म हो । मेरो कथाले मागेकाले राधा नाम राखेँ । अरू त मलाई के थाहा ?’

Advertisements

sanchita and nikhilयोगेशको राधामा सञ्चिता लुइँटेल र जीवन लुइँटेल प्रमुख भूमिकामा छन् भने सुशीलको राधेको हाल ‘लोकेसन हन्टिङ’ भइरहेको छ । भदौदेखि सुटिङ सुरु गरिने राधेको निर्देशन स्क्रिप्ट राइटरसमेत रहेका जगदीश्वर थापाले गर्दै छन् । राधेमा सञ्चिताका पति निखिल उप्रेती शीर्ष भूमिकामा रहने बताइएको छ । दर्शक सञ्चिताको राधामा झुम्मिएलान् कि निखिलको राधेमा, कुर्नुबाहेक अरू उपाय छैन ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्