बलिउड कमेडियन कपिल शर्माकी पत्नि तथा प्रेमिकाको भूमिकामा अभिनय गर्दै आएकी सुमोना चक्रवर्तीले कपिलको शो छोड्न लागेकी छिन । सोनी टेलिभिजनबाट प्रसारण हुदै आएको ‘द कपिल शर्मा शो’ को निर्माण पक्षले पारिश्रमिक वृद्धि नगरेको कारण सुमोनाले सो छोड्न लागेको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।

kapil-sharma-sumonaसाथै डाक्टर मसुर गुलाटीकी पुत्रीकोरुपमा अभिनय गर्दै सरला बनेकी सुमोनाको स्थानमा अर्की एक युवती लञ्च गर्ने तयारी प्रोड्युसरले गरेपछि सुमोना असन्तुष्ट भएको बताइएको छ ।

यस भन्दा अघि कलर्स टेलिभिजनबाट संचालन भएको शो ‘कमेडी नाइट्स विथ कपिल’ देखि नै सुमोनाले कपिलको पत्नि तथा प्रेमिकाको भूमिकामा अभिनय गर्दै आएकी थिइन।

Advertisements

-एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्