काठमाडौं जेठ २८ – नायक अनमोल केसी र पूूर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठको अभिनय रहेको चलचित्र गाजलु शुक्रबारदेखि प्रदर्शन भएको छ ।

Advertisements

gajaluपूर्व कुमारीको कथाबस्तुमा आधारित गाजलुमा कुमारी घरबाट बाहिर निस्किएपछि उसको जीवन कसरी अगाडि बढ्छ, अहिलेको युवा पुस्तासँग मिलेर बस्दा कुमारीको जीवनमा के के परिवर्तन हुन्छ भन्ने कुरा देखाएको चलचित्र निमार्ण टोलिले जनाएको छ । नेपालको कानुनले कुमारीलाई विवाहको स्वीकृति दिएपनि समाजले अझै यसलाई नराम्रो रुपमा लिने गरेको छ । कुमारीले पनि सामान्य जीवन जिउन सक्छन् भन्ने सन्देश चलचित्रले दिन खोजेको निमार्ण टोलिले जनाएको छ ।

हेम राज बिसिको निर्देशकमा बनेको चलचित्रमा रोहित अधिकारी र  हेमराज बिसि निर्माता रहेका छन् । नेपालभर प्रदर्शनमा आएको चलचित्रमा अनमोल केसी, पूर्वमिस नेपाल सृष्टि श्रेष्ठसँगै गौरव पहरी, सलोन बस्नेत, मेनुका प्रधान, गौरी मल्ल, कृष्ण मल्ल, विश्वभ बस्नेत, रितिक शाहीको मुख्य अभिनय रहेको छ ।

Advertisements

ट्रेलर हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्