भोजपुर, असार २३ – जंगली च्याउ खाँदा भोजपुर टक्सारको मालवासेमा १२ जना बिरामी परेका छन् । बिहीबार बिहान च्याउको तरकारीसँग खाजा खाएर काममा लागेका मजदुरहरु रिगंटा छुट्ने, पेट पोल्ने भएर बिरामी परेका हुन् ।

सदरमुकाम नजिकैको मालबासे खण्डमा सडक हेरालुको काम गरिरहेका उनीहरु बिरामी परेपछि तत्काल जिल्ला अस्पतालमा उपचारका लागी ल्याइएको थियो । बिरामीको अवस्था भइसकेको अस्पतालले जनाएको छ ।

जंगलमा पाइने देउले च्याउसहित नचिनेका बिषालु च्याउ खाएपछि उनीहरु बिरामी परेका थिए । पाँचथरका सन्तोष तामाङ्ग, दिपेन तामाङ्ग, महेन्द्र तामाङ्ग, सपन तामाङ्ग, विरेन तामाङ्ग, राम तामाङ्ग, इलामका सन्तोष अधिकारी, तारा मगर, कमल तामाङ्ग, तेह्रथुमका अविन लिम्बु, भोजपुर मानेभञ्ज्याङ्गका नगेन पौडेल र दिंलाका छिरिङ्ग तामाङ्ग बिरामी परेका हुन् ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्