काठमाडौं/ चर्चामा रहेको फिल्म ‘जिस्म’ले एडल्ट सर्टिफिकेट पाएको छ । शुक्रबार सेन्सर बोर्डले राजु गिरीको जिस्मलाई १६ वर्षमुनिका दर्शकले हेर्न नपाउने jismप्रावधानसहित एडल्ट सर्टिफिकेट दिएको हो । पोर्न स्टार बन्ने लक्ष्य लिएकी अर्चना पनेरूले भरपूर मात्रामा अंग प्रदर्शन गरेका कारण जिस्म निर्माणको क्रमदेखि नै चर्चामा रहादै आएको छ ।

Advertisements

निर्देशक राजुले सेन्सर बोर्डको निर्णय आफूलाई मान्य भएको बताउादै खुसी प्रकट गरेका छन् । आगामी शुक्रबार अर्थात् ३१ असारमा प्रदर्शन हुन लागेको फिल्मको शुक्रबार ‘डुबिदेऊ तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । फिल्ममा अर्चनाका साथमा सुरेन्द्र बुढा, शोभित बस्नेत, पुरन थापालगायतले अभिनय गरेका छन् । रामजी लामिछानेको कोरियोग्राफी गरेको फिल्म रामेश्वर कार्कीले खिचेका हुन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्