Advertisements

बर्दिया । नेपालमा साना हतियार कारोबार गर्ने एक भारतीय नागरिकलाई आईतबार बर्दिया प्रहरीले पक्राउ गरेको छ । गुलरीया नगरपालिका १० को काला बन्जार गडरिया चोक नजिकैबाट उनलाई एक कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने १ थान गोलीसहित पक्राउ गरिएको प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताउनु भयो ।

मोटरसाइकलमा बर्दिया प्रवेश गरेका खानलाई हतियार कारोबार गरिरहेको गोप्य सूचना आधारमा पक्राउ गरिएको हो । भारत बहराइच बस्ने खानको साथबाट करिब २९ हजार नगद र ३ ग्राम लागुऔषध जस्तो देखिने खैरो पदार्थ समेत बरामद गरिएको छ ।

Advertisements

पक्राउ परेका खानको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्