सप्तरी । वन कार्यालय सप्तरीले पक्राउ पूर्जी जारी गरेका व्यक्ति मन्त्रीसँगै देखिएका छन् । सप्तकोशी नगरपालिका–१ का अध्यक्ष नारायण आचार्य प्रदेशमन्त्री सहितको सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।

Advertisements

प्रदेश नम्बर २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह प्रमुख अतिथि रहेको फत्तेपुरमा आयोजित कार्यक्रममा आचार्य अतिथिको रुपमा देखा परेका हुन् ।

छोरा शुसिलसहित आचार्यका नाममा डिभिजन वन कार्यालय सप्तरीले पुस ४ गते नै अमाहा खोलाबाट गैरकानुनी रुपमा बालुवा/गिट्टी उत्खनन गरेको आरोपमा पक्राउ पूर्जी जारी गरेको थियो । फरार सूचीमा रहेका व्यक्ति नै मन्त्रीसँगैको कार्यक्रममा देखिएपछि टिकाटिप्पणी हुन थालेको छ ।

Advertisements

-जनता समाचारबाट

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्