गणेश आचार्य
दाङ । महानगरिय अपराध अनुसन्धान महाशाखा काठमाण्डौले ३५ लाख रुपैँया सहित हुन्डी कारोबारी पक्राउ गरेको छ ।

Advertisements

राजश्व छलि हुन्डी मार्फत बित्तिय कारोबार गरेको सूचनाका आधारमा न्युरोडमा बा ७ च २५६९ नम्वरको कार खानतलास गर्दा स्रोत नखुलेको ३५ लाख रुपैयाँ सहित ललितपुर बस्ने सोलुखुम्बुको नेतासल्यान गाउँपालिका ५५ बर्षिय भरतबहादुर बस्नेत र नयाँ बानेश्वरका ३८ बर्षिय सुनिल श्रेष्ठलाई पक्राउ गरिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिनुभएको छ । उहाँका अनुसार पक्राउ परेका श्रेष्ठ बिशाल बजारस्थित कन्टिनेन्टल मनि एक्सचेन्जका संचालक हुन भने बस्नेत उनका हुन्डी कारोबारका साझेदार हुन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्