सुशील बस्नेत
दाङ,२ माघ । तुलसीपुरमा गएराती चोरी भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ मनिकापुरका चुडामणी वलीको २ लाख रुपैया नगद,दुईवटा सुनको औँठी,डेढ तोलाको सिक्री चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार करिब साढे ४ लाख रुपैँया बराबरको धनमाल चोरि भएको छ । घरमा कोही नभएको समयमा ताला फोडेर चोरी भएको र घटनामा संलग्नको खोजी भइरहेको इप्रका तुलसीपुरले जनाएको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्