Advertisements

 

 

Advertisements

 

 

 

 

 

 

 

दाङ । दाङमा प्रहरीले दुईथान भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ ।

पश्चिम दाङको शान्तिनगर गाउँपालिका ४ जुम्लेकुलाका २९ बर्षिय हरिबहादुर रासकोटी दुईथान भरुवा बन्दुक सहित घरबाटै पक्राउ गरिएको दाङका प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभएको छ ।

डीएसपी घर्तीका अनुसार रासकोटीको घरबाट दुईथान बँदेलका खुट्टा पनि बरामद गरिएको छ । पक्राउ परेका रासकोटीलाई हातहतियार खरखना मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्