दाङ । बागर खोलामा अबैध रुपमा नदिजन्य पदार्थको उत्खनन्मा प्रयोग गरिएका डोजर र टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । आज दिउँसो प्रहरी बगार खोलामा ग्राभेल उत्खनन् गरिरहेको अवस्थामा एउटा अन टेष्ट डोजर र रा १ ज १३१० नम्वरको टिप्पर नियन्त्रणमा लिएको इप्रका तुलसीपुरले जनाएको छ । उत्खखनन् स्थल प्रहरी चौकी बागरबाट ५ सय मिटरको दुरीमा मात्रै छ । आफ्नै अगाडी अबैध उत्खनन् हुँदा बागर चौकीले रोकेको थिएन । अबैध उत्खनन्मा प्रयोग भएका डोजर र टिप्पर इप्रका तुलसीपुरले नियन्त्रणमा लिएको हो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्