काठमाण्डौ ।  तपाईका समस्या समाधान गर्छु, गाउँको विकास गर्छु भनेर जनतासँग भोट मागेका जनप्रतिनिधि आफै विदेश पलायन भए भने के हुन्छ ? अहिले संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका-५ मा यहि अवस्था देखा परेको छ ।

Advertisements

खाँदबारी नगरपालिका-५ का वडाध्यक्ष बमबहादुर घले कामका लागि विदेश पलायन भएका छन् । कोरिया भाषा परिक्षा (इपिएस) पास गरेर उनी कामका लागि कोरिया गएका हुन् ।

उनी कोरिया गएको खबरलले गाउँले नै अचम्मीत भएका छन् । वडाध्यक्ष घले कोरिया गएसँगै गाउँका धेरै कामहरु रोकिएको स्थानीयको गुनासो छ ।

तर, यो विषयमा सरकार र निर्वाचन आयोग दुबैलाई अत्तोपतो छैन् । वडाध्यक्षमा निर्वाचित भएका घले कोरियाली भाषा पढेर, भाषा परिक्षा पास गरी कोरिया पुगेर काम थाल्दा समेत सरकार र निर्वाचन आयोग बेखबर भएको भन्दै यो विषयमा मंगलबार संसदमा आवाज उठेको  छ।

प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद राजेन्द्रप्रसाद गौतमले यो कुरालाई उठाएका हुन् ।

बैठकमा सांसद गौतमले भने, ‘जनताको सेवा गर्छु भनी जनताबाट निर्वाचित भएका जनप्रतिनिधिले देशनै छोडेर आफ्नो जिम्मेवारीबाट भाग्दा हाम्रो कानुनले के भन्छ? उनले घटना बारे बताउँदै भने- मृत्यु भएमा वा अन्य कारणले मात्र पदमुक्त हुने व्यवस्था छ। तर संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वडा नं. ५ निर्वाचित वडाध्यक्ष बलबहादुर घले निर्वाचन जितेपछि इपिएस पासगरी हाल कोरियामा कार्यरत छन्। वडा सदस्यलाई कार्यभार दिईएको छ।’

वडाध्यक्षले रोजगारीको लागि देशै छोडेर विदेश गएपछि उक्त पद खाली हुन्छ की हुन्न? कानुनी स्टाटस के हुन्छ? भन्ने सरकार र निर्वाचन आयोगले स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्