तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया शर्माले हिन्दु महिलाहरुको महान पर्व तिजको अवसरमा शुभकामना सन्देश जारी गरेकी छिन् । वर्षदिनभरिका सुख दुख पोख्ने पर्वका रुपमा लिइने तिज पर्वलाई महिला सशक्तिकरणको पर्वका रुपमा मनाउनु पर्ने उनले उल्लेख गरेकी छिन् ।

Advertisements

साँस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको यस पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर भगवान शिव–पार्वतीको पूजा आराधना गर्ने प्रचलन रहिआएको  उल्लेख गर्दै यस्ता पर्वले नेपालीहरुलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्नुका साथै एकापसमा खुसी साटासाट र मनोरञ्जन गर्ने अवसर समेत प्रदान गर्दै आएको उपप्रमुख शर्माद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

हरितालिका तीज पर्वले हामी सबैमा खुसी र मनोरञ्जन साटासाट गर्दै सामाजिक, साँस्कृतिक तथा पारिवारिक एकता र सम्वन्ध थप सुमधुर बनाउन सहयोग पुगोस् भन्ने समेत विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्