धादिङ । नेत्रावती डवजोङ गाउँपालिका सेमजोङबाट धादिङबेंसी जाँदै गरेको बस दुर्घटना भएको छ ।
दुर्घटनामा बसमा सवार पाँच जना घाइते भएका छन्।

बा ४ ख ५७९३ नम्बरको आइतबार बिहान नीलकण्ठ नगरपालिका– १३ केराम्जामा बस पल्टिएको हो ।  बस अत्यधिक गतिमा रहेको अनियन्त्रित भई सडकबाट अन्दाजी एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Advertisements

बसका चालक र सहचालक दुर्घटना पछि फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

सात जना यात्रु लिएर आइरहेको बस अत्यधिक गतिमा हुइँकिएपछि दुई जना यात्रु भने दुर्घटनास्थल भन्दा अगाडि नै झरेका थिए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्