दाङ । नेपाली कांग्रेसका कार्यकर्ताले दाङकाे शान्तिनगर गाउँपालिका वडा नं. ७ खैरेनी निवासी श्याम चाैधरीमाथि कुटपिट गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) निकट चाैधरीलाई शुक्रबार राति १० बजेतिर अाक्रमण गर्दा घाईते भएकाे नेकपा शान्तिनगरका सचिब गाेबिन्द भण्डारीले बताए । नेपाली कांग्रेस निकट स्थानीय पारस पाण्डेकाे टाेलीले आक्रमण  गरेकाे सचिब भण्डारीले बताए ।

बाटाेमा हिडिरहेकाे अबस्थामा उनीमाथि अाक्रमण भएकाे हाे । टाउकाेमा चाेट लागेका उनकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेकाे छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्