गणेश आचार्य
दाङ । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले विकास र सम्वृद्धिकालागि नेकपालाई मतदान आग्रह गर्नुभएको छ । आज दाङ क्षेत्र नम्वर ३‘ख’मा भएका चुनावी सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले विकास र सम्वृद्धि नेकपाबाट मात्रै सम्भव भएकाले उपनिर्वाचनमा नेकपाका उमेद्वारलाई जिताउन मतदातालाई आग्रहग गर्नुभयो ।

काँग्रेसले लामो समयसम्म शासन चलाउँदा गर्न नसकेका काम नेकपाले छोटो अवधिमै गरेको दावी गर्दै मुख्यमन्त्री मुख्यमन्त्री पोखरेलले विकासको चाहना भए नेकपाका उमेद्वारलाई जिताउन सुझाव दिनुभयो । काँगेसले विकासका नाममा भ्रष्टाचार मात्रै गरेको दावी गर्नुभयो । काँग्रेसले विकास निर्माणका काममा अबरोध सिर्जना गर्ने गरेकाले कयौँ काम हुन ढिला भएको बताउनुभयो ।
चुनावी सभालाई सम्बोधन गर्दै नेकपाकी सचेतक शान्ता चौधरीले समानता र समानुपातिक विकासकालागि नेकपाले चुनाव जित्नुपर्ने धारणा राख्नुभयो । काँग्रेस सामन्तवादको गुरु भएको बताउँदै सचेतक चौधरीले नेकपाबाट मात्रै सम्वृद्धी सम्भव भएको बताउनुभयो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य जकप्रसाद शर्मा‘अपार’ले काँग्रेसले चुनाव जिते दाङ विकासको दृष्टिकोणले ५० बर्ष धकिलिने बताउँदै नेकपाले जिते मात्रै विकासले गति लिने बताउनुभयो ।

चुनावी सभालाई सम्बोधन गर्दै नेकपाकी प्रदेश सभा सदस्यका उमेद्वार विमला वलीले आफूले चुनाव जिते जनताको सुखदुःखमा साथ दिने बताउनुभयो । श्रीमान् गुमाएपछी आफू एक्लो भएकाले अबको जीवन जनताको सेवामा समर्पित गर्ने बताउनुभयो । नेकपाले आज ंदंगीशरण २ को डाँगीचौर र तुलसीपुर १० पढ्ढामा चुनावी सभा गरेको थियो । त्यसक्षेत्रका निर्वाचित प्रदेश सभा सदस्य उत्तरकुमार वलीको दुर्घटनामा निधन भएपछी यहीँ मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । नेकपाले उत्तरकी पत्नीलाई उमेद्वार बनाएको छ भने नेपाली काँग्रेसले केशव आचार्यलाई उमेद्वार बनाएको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्