काठमाण्डौ । नेपालले जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा साइक्लिङबाट पनि राम्रो सफलता पाइरहेको छ। साइक्लिङबाट बुधबार दुईवटा स्वर्ण पदक जितेको नेपालले बिहीबार अर्को स्वर्ण थपेको छ।

Advertisements

नेपालका लागि साइक्लिङको क्रस कन्ट्री स्पर्धामा नेपालकी लक्ष्मी मगरले स्वर्ण जित्न सफल भएकी छन्। गोकर्णमा भएको साइक्लिङमा लक्ष्मीले क्रस कन्ट्रीको ४ किलोमिटरमा स्वर्ण जितेकी हुन्। यही स्पर्धाबाट नेपालकै उषा खनालले रजत पदक जितेकी छन्। लक्ष्मीले निर्धारित दूरी १ मिनेट २०. २० सेकेण्डमा पूरा गर्दै स्वर्ण पक्का गरिन्। उषाले १ मिनेट ३५. ५२ सेकेण्डमा दुरी तय गरेर रजत जितिन्।  यो स्पर्धामा भारतकी प्रनिता प्रफुल सोमनले निर्धारित दूरी १ मिनेट ३६. २९ सेकेण्डमा पूरा गर्दै रजत पदक जितिन्।

बुधबार डाउनहिल स्पर्धामा राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण पदम जितेका थिए । बिहीबार नेपालले उसुबाट अर्को स्वर्ण जितेको थियो। निमा घर्तीमगरले उसुबाट स्वर्ण पदक जितेकी हुन्।  साइक्लिङको तेस्रो स्वर्णसँगै १३ औं सागमा नेपालले स्वर्ण संख्या ३१ पुर्‍याएको छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्