रौतहट — जिल्लाको राजपुर नगरपालिका ३ आजाद चोकबाट सशस्त्र प्रहरीले अवैध हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वप्रहरी पनि छन् ।

Advertisements
भारतीय नम्बरको मोटरसाइकलमा तीन जना हतियारसहित जाँदै गरेको सूचना पाएपछि सशस्त्र प्रहरी बेस क्याम्प फतुवाबाट गएको टोलीले मंगलबार राति आजाद चोकबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा सुर्वण गाउँपालिका ६ का उमेश्वरप्रसाद यादव, रौतहटको परोहा नगरपालिका ४ का छोटेलाल साह र रामअधार साह रहेकँ जिल्ला प्रहरी गौरले जनायो । उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरीका डिएसपी नविन कार्कीले बताए । ‘पक्राउ परेकाहरुका बारे थप अनुसन्धान हुँदै छ,’ उनले भने, ‘उनीहरुको योजनाबारे बुझ्छौं । किन र केका लागी अवैध हतियार बोकेका हुन् ।’

पक्राउ परेका तिनैजना बिआर ०५ एम ७३५३ भारतीय नम्बरको मोटरसाइकलमा चढेर घुम्दै थिए । सशस्त्रले नियन्त्रणमा लिने क्रममा यादवले आफू प्रहरी भएको बताउँदै उम्किन खोजेका थिए । यादव पूर्वप्रहरी हुन् ।

छोटेलाल हातहतियार मुद्दामा सजाय भुक्तान गरी जेलबाट छुटेका व्यक्ति हुन् । रामअधार पनि आपराधिक व्यक्ति भएको अनुमान गरिएको छ ।

सशस्त्र प्रहरी बेस क्याम्प फतुवाका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर रायमाझीले पक्राउ परेकाहरुको गतिविधि शंकास्पद रहेको बताए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्