दाङ । बंगलाचुलि गाउपालिकाको आयोजनामा  र नेपाल रेडक्रस साेसाइटी दाङको सहयोगमा  पूर्ण सरसफाइ रणनैतिक याेजना तर्जुमा कार्यशाला गाेष्ठी सम्पन्न भएकाे छ ।
पुस ४ र ५ दुई दिन सम्म संचालित कार्यक्रमकाे सहजिकरण नेपाल रेडक्रस साेसाइटी सिइएचपि नेपालगंजका वास अफिसर शंकर भट्टराई र जिल्ला कार्यक्रम अधिकृत टेकम वलीले गर्नु भएकाे थियाे ।

Advertisements

कार्याशाला गाेष्ठिमा गाउपालिका खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका पदाधिकारिहरु, सबै वडा सचिव, सराेकारवाला निकायहरु, रेडक्रस उपशाखा, सरसफाइ अभियान्ताहरुकाे सहभागिता रहेकाे थियाे ।
कार्यशाला गाेष्ठी बाट गाँउपालिकाकाे पूर्ण सरसफाइ याेजना निर्माण गरिएकाे छ । निर्माण गरिएकाे याेजना कार्यपालिका बाट अनुमाेदन गरि कार्यान्वयन र आवश्यक बजेट ब्यवस्था गरिने वडा नं ३ का अध्यक्ष तथा सामाजिक विकास संयाेजक शाेभाराज बिश्वकर्माले बताए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्