काठमाडौँ ।  प्रहरीले गुन्डा समूहका दुई सहयोगीलाई पक्राउ गरेको छ । आपराधिक कार्यमा संलग्न रमेश बाहुन समूहका सुटर दुर्गा राई र दावा लामा समूहका विष्णु धिताललाई कोटेश्वरबाट महानगरीय प्रहरी अपराध महाशाखा टेकुको टोलीले पक्राउ गरेको हो ।

Advertisements

पक्राउ परेका दुवैलाई महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा राखिएको एसएसपी सहकुल थापाले जानकारी दिए।

उनीहरुविरुद्ध जबर्जस्ती च्नदा असुली, धम्की, फिरौती माग लगायत कसूरमा उजुरी परेको थियो। महाशाखाका प्रमुख एवं एसएसपी थापाका अनुसार राई र धितालको पृष्ठभूमि पनि संगठित अपराध रहेको छ।

महाशाखाले आपराधिक कार्यमा संलग्न गिरोहका सहयोगी र अन्य व्यक्तिको विववरण नै संकलन गरेर अनुसन्धन गरिरहेको गरिरहेको थियो। पछिल्लो पटक पक्राउ परेकाहरु पनि उक्त सूचीमा संलग्न व्यक्ति भएको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्