काठमाडौ । सल्यानी चेलीबेटी समाज काठमाडौले म्याराथन धाविका पुष्पा भण्डारीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

Advertisements

१३ औं  दक्षिण एशियाली खेलकुद(साग)प्रतियोगिताको महिला म्याराथन तर्फ रजत पदक विजेता भण्डारीलाई समाजले आज एक समारोहका बीच सम्मान र पुरस्कृत गरेको हो ।

 

भण्डारीलाई ११ हजार रूप‌ैँका साथ कदर पत्रले सम्मान गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश वमकुमार श्रेष्ठले भण्डारीलाई कदर पत्र प्रदान गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्