रूस । रुसी सेनामाथि विपक्षी पार्टीका समर्थक तथा अभियान्तालाई अपरहण गरेको आरोप लागेको छ ।

Advertisements

सेनाले आफ्ना समर्थक तथा सक्रिय अभिन्तालाई अपहरण गरेको भन्दै विपक्षी नेता एलेक्सी नभाल्नीले घटनाको निन्दा गरेका छन् ।

सैन्य सेवामा लगाउनका लागि विपक्षी अभियन्ता रुस्लान शभेद्धिनोभलाई आर्मीले अपहरण गरेको आरोप छ । सेनाले सोमबार मस्कोस्थित घरबाट अपहरण गरेर दुई हजार किलोमिटर पर ग्रामीण नोभाया क्षेत्रमा लगेको जनाइएको छ । सैन्य सेवाबाट छुट पाएका व्यक्ति रहेको र सेनाले उनलाई अपहरण गरेको विपक्षी नेता नभाल्नीको भनाइ छ ।

सेनाले भने अनिवार्य सैन्य सेवाबाट पन्छिएको व्यक्ति रहेको बताएको छ । रुसमा सबैले अनिवार्य रुपमा सैन्य सेवामा सामेल हुनुपर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्