इरान । इरानले आफ्नो मिसाइल आक्रमणमा ८० अमेरिकी सेनाको मृत्यु भएको दाबी गरेको छ।

Advertisements

इरानी सरकारी टेलिभिजनका अनुसार बुधबार बिहानै मिसाइल आक्रमण गरी ‘इरानले ८० अमेरिकी आतंकवादी’ मारिदिएको छ।

अमेरिकी सेनाले आफ्ना सैन्य कमान्डर कासिम सुलेमानीको  हत्या गरेपछि इरानले त्यसकाे बदला लिने बताएको थियो।

इरानले इराकस्थित दुई अमेरिकी सैन्य बेसमा बुधबार बिहान दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो।

मंगलबार मात्र इरानले अमेरिकी सेनालाई आतंकवादी घोषणा गरेको थियो।

क्षेप्यास्त्र प्रहारपछि अमेरिकी राष्ट्रपतिले त्यहाँ भएको मानवीय तथा अन्य क्षतिको अध्ययन भइरहेको र त्यसको जवाफ छिटै दिने बताएका छन्।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्