गणेश आचार्य
दाङ । दाङको तुलसीपुरमा गुन्डा प्रयोग गरी गिट्टी बालुवा चोरी निकासी भइरहेको छ । ‘सेतो सुन’ भनेर चिनिने गिट्टी बालुवाको चोरी निकासीमा राजनीतिक दल सम्वद्ध गुन्डा संलग्न छन् । खोलामा अबैध उत्खनन् गरी गिट्टी बालुवा चोरी निकासी गर्न काँग्रेस र नेकपामा आवद्ध गुन्डा छन् ।

Advertisements

यसको पछिल्लो उदाहरण हो,ग्वार खोलामा अबैध उत्खनन् गर्नु । यहिँ पुष २५ गते मध्यरातमा ग्वार खोलामा अबैध उत्खनन् भइरहेका बेला ६ वटा टिप्पर र एउटा डोजर प्रहरीले नियन्त्रणमा लियो । तस्करहरुले रातारात अबैध उत्खनन् गरी नजिकैको एक क्रसरमा गिट्टी बालुवा बेच्ने तयारी गरेका थिए । तर, प्रहरी उनीहरुले उत्खनन् गर्दैगर्दा त्यहाँ पुग्यो । र,अबैध उत्खनन्मा प्रयोग गरिएका ६ वटा टिप्पर र एउटा डोजर नियन्त्रणमा लियो । गिट्टी बालुवा चोरेर रातारात लाखौँ कमाउने तस्करहरुको सपना प्रहरीको प्रवेशले चकनाचुर भयो ।

ग्वार खोलाको अबैध उत्खनन्को कहानी अलि रोचक छ । ग्वार खोलाको गिट्टी बालुवा चोरी निकासीका प्रमुख नाइके शिव पुरी तरुण दल दाङका जिल्ला समिती सदस्य हुन् । पुरीलाई तरुण दल दाङका अध्यक्ष टिका घर्तीले जिल्ला सदस्यमा मनोनित गरेका थिए । उनले टिप्पर व्यवसाय गर्दै आएका छन् । पुरी स्र्वगद्धारी टिप्पर यातायात प्रा.लि.को कोषाध्यक्ष समेत हुन् । तीनै पुरीले केही हप्ता पहिले ग्वार खोलामा अबैध उत्खनन् गर्न तम्सेका थिए । त्यतिबेला तत्कालीन युवा संघ दाङ क्षेत्र नम्वर ३ का अध्यक्ष टोपबहादुर बुढाथोकीले अबैध उत्खनन् रोकेका थिए । बुढाथोकीले त्यसक्षेत्रबाट अबैध उत्खनन् गर्न नदिने अडान लिएपछी पुरी पछाडी हटे ।

तर,पुरीले टोपबहादुरको काउन्टरमा तत्कालीन युवासंघ दाङका जिल्ला कमिट सदस्य कृष्ण सागर वलीलाई अघी सारे । वली तीनै व्यक्ति हुन्,युवा संघको जिल्ला कमिटी सदस्य भएपनि मंसिर १४ मा दाङ क्षेत्र नम्वर ३‘ख’मा भएको उपनिर्वाचनमा काँग्रेसलाई सघाएका थिए । उनले नेकपा सम्वद्ध युवाहरुले प्रयोग गरेको गाडीको टायरमा चक्कु हान्ने समेतको कुकर्म गरेका थिए । उनलाई नेकपा दाङका अध्यक्ष टिकाराम खड्काको भने दरिलो साथ छ ।

चुनावमा काँग्रेससँग लागेर आफ्ना पार्टी कार्यकर्ताले प्रयोग गरेको गाडीमा चक्कु हानेका वलीलाई चुनाव सकिए लगत्तै काठमाण्डौ लगेर खड्काले नेकपाका नेता माधवकुमार नेपालसँग भेटघाट गराएका थिए । कृष्ण सागर दाङ प्रहरीको गुन्डाको सूचीमा छन् । गिट्टी बालुवा चोरी गर्न सघाए केही रकम दिने आश्वासन पुरीले उनै कृष्ण सागरलाई दिए । पैसा भन्ने बित्तिकै त्रिनेत्र खोल्ने कृष्ण सागरले पुरीको बोलीमा लोली मिलाउँदै सहयोग गर्ने प्रतिवद्धता मात्रै जनाएनन्,चोरी गरेको गिट्टी बालुवा ओसारपसार गर्न टिप्परको जोहो समेत आफैले गरेको जानकारहरु बताउँछन् ।

टिप्परको जोहो समेत आफैले गरेका कृष्ण सागर प्रहरीले टिप्पर नियन्त्रणमा लिएपछी निकै तनावमा परे । टिप्पर प्रहरीको नियन्त्रणमा परेपछी छुटाउनका लागि भने गिट्टी बालुवा चोरी निकासीका कमाण्डर पुरीले जरीवाना रकम तिरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले यसको पुष्टि गरिसकेको छ ।

जरीवानामा नयाँ नजिर
तुलसीपुर उपमहानगरपालिकाले अबैध उत्खनन्को जरीवानामा नयाँ नजिर स्थापति गरेको छ । प्रहरीले ग्वार खोलाबाट अबैध उत्खनन्मा प्रयोग गरिएका एउटा डोजर र ६ वटा टिप्पर टिप्परलाई जरीवाना गर्न उपमहानगरलाई पत्र काट्यो । अनि,गिट्टी बालुवा चोरी निकासीका कमाण्डर पुरीले उपमहानगरमा प्रहरीले नियन्त्रणमा लिएका ६ मध्ये ४ वटा टिप्पर खाली भएकाले जरीवाना नगर्न निवेदन हाले र उपमहानगरले टिप्पर खाली भए÷नभएको हेर्न पठायो । खाली भएको रिपोर्ट आएपछी ४ वटा टिप्परको जरीवाना नलिएर नियन्त्रण मुक्त ग¥यो । उपमहानगरको यो कदमले अबैध उत्खनन्मा प्रयोग भएका टिप्पर र टेक्ट्रर खाली भएमा जरीवाना तिर्न नपर्ने नयाँ नजिर बसालेको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्