दाङ । दाङको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावत विरुले तुलसीपुरमा हुन लागेको महोत्सवले तुलसीपुर सहित पश्चिम दाङको विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभएको छ ।

Advertisements

तुलसीपुरमा हुन लागेको तुलसीपुर महोत्सव २०७६ का बारेमा जानकारी दिने उद्देश्यले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै रावतले त्यस्तो बताउनु भएको हो ।

तुलसीपुर उद्योग वाणिज्य संघले समय समयमा आयोजना गरेको मेला महोत्सवबाट रकम वचत गरेर विकास निर्माणका पूर्वाधारहरु जोडेको भन्दै यस पटकको महोत्सवबाट निमार्णाधीन सभाहललाई पूर्णता दिने अध्यक्ष रावतले बताउनुभयो । माघ १० गतेदेखि सुरु हुने महोत्सवलाई सफल पार्न दाङबासीको सहयोगको अपेक्षा गर्दै अध्यक्ष रावतले सवैको सहयोगमा सभ्य एवं भव्य रुपमा महोत्सवलाई सफल पार्ने बताउनु भयो ।

संघका अध्यक्ष रावतले यस पटकको महोत्सवबाट धेरै भन्दा धेरै रकम बचत गरेर सभाहललाई पूर्णता दिने बताउनु भयो । साथै रावतले नेपालमा भ्रमण वर्ष २०२० चलिरहँदा घुम्न जाऊँ तुलसीपुरको अभियानलाई सफल बनाउन समेत यो महोत्सवले अहं भूमिका निर्वाह गर्ने भन्दै जिल्लाको पर्यटकिय विकासमा समेत कोषेढुंगा सावित हुने बताउनु भयो ।

त्यसैगरी पत्रकार सम्मेलनमा बोल्दै संघका निवर्तमान अध्यक्ष विमल रिजालले महोत्सवमा ५ लाख दर्शक सहभागी रहने १५ करोडको आर्थिक कारोबार हुने तथा १ करोड रुपैया बचत गर्ने अपेक्षा लिएको बताउनु भयो । संघले आयोजना गरेको तुलसीपुर महोत्सव २०७६ लाई सभ्य रुपमा सम्पन्न गर्न सबको सहयोगको अपेक्षा गर्दै यसपटक महोत्सवलाई नयाँ तरिकाले सम्पन्न गर्ने बताउनु भयो ।

रिजालका अनुसार महोत्सवका अवसरमा मिनि म्याराथुन दौड प्रतियोगिता , साइकिलिङ, नृत्य प्रतियोगिता, हेलिकप्टरमार्फत पर्यटकिय स्थलहरुको अवलोकनलगायतका कार्यक्रम समावेश गरिएको बताउनु भयो ।

रिजालले महोत्सव स्थलमा व्यवस्थापन गरिएका विभिन्न प्रकृतिका ४ सय स्टलहरुको वर्गीकरण गरी भाडा शुल्क समेत निर्धारण गरेको र आजका मिति सम्ममा ७५ प्रतिशत स्टलहरु वुक भइसकेको जानकारी दिनुभयो । रिजालका अनुसार महोत्सवमा सबैभन्दा सहुलियत कृषि र स्वास्थ्य सम्बन्धि स्टलहरुलाई दिइएको छ, भने सबैभन्दा महंगो अटोमोवाइलका स्टलहरुलाई तोकिएको छ । प्रतिस्टल शुल्क १० हजार रुपैयादेखि २५ हजार रुपैयासम्म रहेको पनि रिजालले बताउनु भयो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले महोत्सव सफल पार्न जिल्लाका सवै पत्रकारहरुले सहयोगी भुमिका निर्वाह गर्ने बताउनु भयो । त्यस्तै प्रियासनले तुलसीपुर उद्योग वाणिज्य संघले समय समयमा समग्र जिल्लाको विकास निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गरेर उत्कृष्ट नेतृत्व क्षमताको परिचय दिएको समेत बताउनु भयो । उहाँले संघकै पहलमा लामो समयदेखि वन्द रहेको एयरपोर्ट संचालन भएको, सभाहल निमाणर््ा कार्य शुरु गरेको भन्दै अवको मेला मार्पmत सभाहल निर्माणले पुर्णता पाउने बिश्वास व्यक्त गर्नु भयो ।

पत्रकार सम्मेलनमा तुलसीपुर उद्योग बाणिज्य संघका सल्लाहकार सुरेश हमाल, पत्रकार दुर्गालाल केसी, शरद अधिकारीलगायतकाले महोत्सव सफल पार्न सवैले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । बाणिज्य संघका महासचिव रुपबहादुर खत्रीको स्वागत तथा बिषय प्रवेशबाट शुरु भएको कार्यक्रमको संचालन संघका प्रेस सल्लाहकार शरद रेग्मीले गर्नुभएको थियो

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्