दाङ । दाङको तुलसीपुरबाट ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisements

जिप्रका दाङबाट सादा पोशाकमा खटिएका प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित भण्डारी खाजा घरबाट जुवाडे पक्राउ गरेको हो । उक्त जुवा अड्डा मिनकेतन गिरीले संचालन गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जुवा संचालक गिरी सहित बिबिसी भनेर चिनिने कांग्रेस नेता सेबेन्द्र देवकोटा,भरत लामिछाने,हेमन्त वली,प्रकाश भण्डारी र वासुदेव भण्डारी रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ४३ हजार आठ सय ७० रूपैयाँ बरामद गरेको छ ।
जुवाडे छाड्न असई नै सक्रिय
जिप्रका दाङबाट सादा पोशाकमा खटिएका प्रहरीले जुवा नियन्त्रणमा लिएपछि ईप्रका तुलसीपुरमा खबर गरे । ईप्रकाले असई भिम रावतको कमान्डिङमा जुवा पक्राउ गर्न प्रहरी पठायो । तर,प्रहरी कमान्डर नै जुवाडे छुटाउने अभियानमा लागे ।

प्रत्यक्षदर्शीका अनुसार जुवामा पक्राउ पर्ने हेमन्त वली असई रावतका जेठान हुन् । जुवामा जेठान नै पक्राउ परेपछि उनीहरूलाई छुटाउन असई रावतले निकै कसरत गरेका थिए ।

तर,अरू प्रहरीले नमानेपछि जेठान सहितका जुवाडे छाड्ने असई रावतको योजना असफल भएको एक प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

दाङ प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले असई रावतले जुवाडे छाड्न खोजेको खबर आएको भन्दै उनीमाथि छानवीन गरि दोषी देखिए कार्वाही गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्