बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रमुख प्रतिपक्ष दलका नेता बलदेव शर्मा पोखरेलको निधनमा दु:ख व्यक्त गर्नुभएको छ ।

Advertisements

मुख्यमन्त्री पोखरेलले आज शोक वक्तव्य जारी गर्दै स्वर्गीय पोखरेलप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो ।

प्रस्तुत छ मुख्यमन्त्री पोखरेलले जारी गर्नुभएको शोक वक्तव्य ।

प्रदेशसभा प्रदेश नम्बर ५ मा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता बलदेव शर्मा पोखरेलको ८२ वर्षको उमेरमा भएको निधनले मलाई स्तब्ध बनाएको छ । प्रदेशसभा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता स्वर्गीय पोखरेलप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ खैरिया निवासी पोखरेलको आज अपरान्ह २ बजे आफ्नै निवासमा निधन भएको हो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा अनवरत रुपमा क्रियाशिल पोखरेलको निधनले प्रदेशसभाले अनुभवी प्रदेश सभा सदस्य र दलको नेता गुमाएको छ । प्रदेशसभाका जेष्ठ सदस्य पोखरेलले प्रमुख प्रतिपक्ष दलको नेताका हैसियतले दललाई रचनात्मक प्रतिपक्षको भूमिकामा स्थापित गर्न सधैं क्रियाशिल हुनुभयो । आवेग र उत्तेजनाको साटो समझदारी र सहकार्यबाट प्रदेशसभालाई गतिशिल बनाउन र संस्थागत गर्न उहाँले खेलेको भूमिकाको हामी सधैं सम्झिने छौं ।

नेपाली कांग्रेस संसदीय दल उहाँको अनुपस्थितिमा उहाँले स्थापित गरेको सहकार्यको संस्कृतिलाई निरन्तरता दिन सफल हुने विश्वास समेत व्यक्त गर्दछु ।

शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७६ माघ ६

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्