दाङ । घोराही र तुलसीपुरमा आजदेखि व्यापारिक महोत्सव शुरु हुँदैछ । तुलसीपुरमा तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि माघ २० गतेसम्म र दाङ चेम्बर अफ कमर्सको आयोजनामा घोराहीमा पनि आजदेखि २२ गतेसम्म महोत्सव सञ्चालन हुँदैछन् ।

Advertisements

दुबै ठाउँको महोत्सवको उदुघाटन पर्यटन मन्त्री योगेश कुमार भट्टराइले गर्नुहुने भएको छ। पर्यटन वर्ष २०२० लाई लक्षित गरी महोत्सव आयोजना गरिएको दुबै महोत्वसका मुल आयोजक समतिले जनाएका छन् ।

तुलसीपुरमा सञ्चालन हुने महोत्सवको विहान १० बजे बसपार्कबाट झाँकीजुलुस सहित विभिन्न संघसंस्थाको ¥याली तुलसीपुर बजार परिक्रमा गरेर तुलसीपुरको घोराही रोडको उत्तर तर्फ रहेको महोत्सव स्थलमा पुगेर सभामा परिनत हुने जनाइएको छ ।

यता घोराहीमा पनि विहान ११ बजे विभिन्न झाँकीजुलुस सहितको ¥यालीले बजार परिक्रमा गरी दाङ देउखुरी जिल्ला अदालत अगाडी हरेको महोत्सव स्थलमा पुगेर सभामा परिनत हुने दाङ चेम्बर अफ कमर्सका अध्यक्ष श्रीधर महराले जानकारी दिनुभयो । महराले १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख दर्शकले महोत्सवको अवलोकन गर्ने पाँच करोड बराबरको कारोबार हुने विश्वस गर्नुभएको छ ।

दुबै ठाउँको महोत्ससवमा विभिन्न खालका स्टल राखिएको छ । मनोरञ्जनका लागि बाल उद्यान, चरखे पङिग, सांस्कृतिक कार्यक्रमहरु गरिने महोत्सव मुल आयोजक समतिहरुले बताएका छन् ।

तुलसीपुरमा भने महोत्सवमा आउने दर्शकहरुका लागि आउन र घर फर्कनलाई समेत बिशेष प्राथमिकतामा राखेर नगरबसको व्यवस्था गरिएको मुल आयोजक समितिका संयोजक रावतले जानकारी दिनुभयो। कृष्णमन्दीर, पुकार पसल,लाहुरेचौर,विजौरी सम्म चढ्ने र ओर्ले १० रुपैया मात्र भाडा लाग्ने छ भने तुलसीपुरमा महोत्सव स्थल हात्तिखौवा सम्म यातायात सेवा लक्षित गरिएको छ ।

त्यसका लागी तुलसीपुरको दक्षिण क्षेत्र पुकार पसलदेखि महोत्सव स्थल, उत्तर लाहुरेचौर देखि महोत्सव स्थल, पश्चिम कृष्णमन्दीर देखि महोत्सवस्थल र पुर्वमा विजौरीदेखि महोत्सवस्थल सम्म नगरबसहरु सन्चालन गरीने छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्