शरद रेग्मी

Advertisements

तुलसीपुर । नेपाल भ्रमण बर्ष २०२०लाइ लक्षितगरी घुम्न जाउं
तुलसीपुर अन्तर्गत तुलसीपुरमा मिनिम्याराथन प्रतियोगिता विहिवार सम्पन्न भएको
छ ।

तुलसीपुर—अमिलिया सडक खण्डको विरेन्द्र चौकबाट सुरु भएको प्रतियोगिताका
सहभागीहरु टरीगाउं विमानस्थलसम्म पुगेर फेरी महोत्सवस्थल हात्तिखौवामा
आइपुगेका छन् ।

प्रतियोगिताको सुभारम्भ तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले
गरेका हुन् । प्रतियोगितामा नगरप्रमुख पाण्डेपनि केहिवेर दौडमा सहभागि भए
। सहभागि हुनुअघि संक्षिप्त मन्व्य दिंदै नगरप्रमुख पाण्डेले तुलसीपुरलाइ
स्पोर्ट सिटिका रुपमा विकाश गरीने बताए । मिनि म्याराथन प्रतियोगितामा
नेपालगन्जदेखि दाङ सम्मका कम्तिमा ६२ जनाको सहभागिता रहेको थियो ।

यद्धपि महोत्सव आयोजक समिति तुलसीपुर उद्योग वाणिज्यसंघले सडकको पश्चिम
पट्टिको खण्ड भने बालुवाले भएपनि टालटुल गरेका थिए । खाडलमा प्रतियोगिहरुलाइ
दौडन कम समस्या होस भनेर कामचलाउ टालटुल गरीएको महोत्सव निर्देशन
समितिका निर्देशक विमल रिजालले बताए । प्रतियोगिता भन्दा पनि सडकटालेको
दृश्यलाइ नगरबासीहरुले नियालीरहेका थिए । किनकि बर्षौदेखि सो सडक खण्डका
खाल्टाखुल्टीहरु मर्मत भएको छैन ।

‘मैले यहां व्यापार गर्न थालेको वाह्र बर्ष भयो, तर एक पटक पनि सडक मर्मत
भएको र नाला सफागरीएको देखेको छैन’— तुलसीपुर क लाइनस्थीत विमल
मोवाइलका सन्चालक विमल पौडेलले भने । पटक पटक यो विषयमा विभिन्न
सन्चारमाध्यमहरुले समाचार प्रकाशन÷प्रशारण गरेपनि सरोकारवालाको ध्यान जान
सकेको छैन । केहि समयको अन्तरालमा तुलसीपुर उपमहानगरपालिकाका भित्रि
सडकको कामचलाउ मर्मत गरेपनि राजमार्ग क्षेत्रमा पर्ने यी दुइ मुख्य सडकहरुभने
बर्षौदेखि मर्मत हुन सकेको छैन । उपमहानगरपालिकाले पनि डिभिजन सडक
कार्यालयको अर्थपुर्ण ध्यानाकर्षण गराउन सकेको छैन ।

यसैबीच मिनिम्याराथुन दौड प्रतियोगिताका प्रतियोगिहरु महोत्सव स्थलमा फर्कि
सकेका छन् । सो प्रतियोगितामा पुरुष तर्फ अरुण केसी प्रथम, असोक सुनुवार
राइ दोस्रो, रविन वली तेस्रो, लेखनाथ महर चौथो, बेद वहादुर वली
पांचौं र पारश सुनार छैठौ भए । त्यसैगरि महिला तर्फ प्रथम सिमा चौधरी,
दोस्रो सर्मिला घर्ति, तेस्रो अनिसा चौधरी, चौथो झरना बुढामगर,
पांचौमा रेशमा रोकाक्षेत्री र छैठौमा सदिक्षा चौधरी रहेका छन् । आयोजक
समितिले प्रथम महिला पुरुष दुवैलाइ प्रतिव्यक्ति ७ हजार दोस्रो हुनेहरुलाइ ३
हजार ५ सय, तेस्रो हुने दुवैलाइ प्रतिव्यक्ति २५ सय रुपैया र अन्य विजेतालाइ
सान्त्वना पुरस्कार दिइएको छ ।

प्रतियोगिताको सम्योजन तुलसीपुर महोत्सव खेलकुद उपसमितिका संयोजक
हेमेन्द्र खड्काले गरेका थिए । प्रतियोगीता अवधिभरी सडक खालि गर्ने आयोजक
ट्राफिकको व्यवस्थापन देवेन्द्र केसीले गरेका थिए । प्रमुख प्रशिक्षकको
भुमिकामा एथ्लेटिक्स प्रशिक्षक पद्मा चौधरी थिइन् भने औपचारीक कार्यक्रमको
सहजीकरण खेलकुद पत्रकार मन्च दाङका अध्यक्ष लक्ष्मण बस्नेतले गरेका थिए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्