झापा । विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisements

विद्यालयको कक्षा र ट्युसन कक्षामा पढाउने क्रममा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका २१ वर्षीय नरेन थापालाई प्रहरीले पक्राउ गरेको हो ।

अभिभावकले छात्रामाथि यौन दुर्व्यवहार गरेको उजुरी दिएपछि थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीमा ६ जना छात्राका अभिभावकले संयुक्त रूपमा २ फागुनमा उजुरी दिएपछि सोही दिन उनी पक्राउ परेका हुन् ।

प्रहरीले थापामाथि बाल यौन दुर्व्यवहारको कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धकान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्