तुलसीपुर । दाङमा सात जना जुवाडे नगद सहित फक्राउ परेका छन् । जिल्लाको शान्तीनगर गाउँपालिका वडा नम्वर ३ महादेव चौतारी बस्ने ४० बर्षिय शुक बहादुर बुढाको घरमा गएराती साढे एघार बजे प्रहरीले छापा मारी जुवाडेहरुलाई नगद सहित नियन्त्रणमा लिएको हो ।

Advertisements

बुढाको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिप्रका बाट सादा पोशाकमा खटिएको टोलीले नगद एक लाख सोह्र हजार पाँच सय रुपैया नगद सहित सात जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिएका छन् ।

पक्राउ पर्नेहरुमा महादेव चौतारी बस्ने घर मालिक बुढा सहित सोहि ठाउँ बस्ने ३८ बर्षिया भिम बहादुर कडेँल, २६ वर्षिय मिन बहादुर घिमिरे, ४६ वर्षिय चेतानन्द बस्नेत, ३२ बसन्त थापा, ३० वर्षिय यमबहादुर केसी र तुलसीपुर ८ बस्ने ३८ वर्षिय प्रेम बिक रहेका छन् ।पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्