काठमाडौं । अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाको नियमित ‘अपोइन्टमेन्ट’ रद्द गरेको छ। चैत ४ गते (मंगलबार) देखि लागू गरिने अमेरिकी दूतावासको आधिकारिक फेसबुकमा सूचना जारी गरिएको छ।

Advertisements

अमेरिकी दूतावासले फेसबुकमा लेखेको छ, ‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्चालन गर्नेछौं, तर यस बखत भने निश्चित समय तोक्न असमर्थ छौं, एमआरभी शुल्क जुन मुलुकमा भुक्तानी गरिएको हो, सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहनेछ।’ ‘अति जरुरी कारणवश तुरुन्तै यात्रा गर्न आवश्यक भएमा आकस्मिक अपोइन्टमेन्ट अनुरोध गर्नका लागि कृपया support-nepal@ustraveldocs.com बाट उपलब्ध गराइएका निर्देशनहरूको पालना गर्नुहोला’ फेसबुक पेजमा स्टाटस लेखिएको छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्