दाङ । प्रतिबन्धित विप्लव समुह परित्याग गरेपछि उक्त समुहका नेता ईश्वरी पाण्डे जेल मुक्त भएका छन् ।

Advertisements

विप्लव समुहमा रहेर चन्दा आतंक मच्चाएको भन्दै केही महिना पहिले प्रहरीले पाण्डेलाई पक्राउ गरेको थियोे । विप्लव समुहका पश्चिम दाङ सेक्रेटरी भनिएका उनलाई शान्ति बिरुद्धको अपराधको मुद्दा चलाएको थियोे । उनलाई यसअघि जिल्ला प्रशासन कार्यालय दाङले पुर्पक्षका लागि थुनामा पठाएको थियोे । उनलेे विप्लव समुह परित्याग गरी संविधानले ब्रजित गरेका कुनै क्रियाकलाप नगर्ने भन्दै केही दिन पहिले विज्ञप्ति जारी गरेका थिए ।

त्यसपश्चात उनलाई रिहा गराउन नेकपाका संघीय सांसद हिराचन्द्र केसीले पहल थालेका थिए । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले गृहमन्त्रालयसँग समन्वय गरी विप्लव समुह त्यागेको घोषणा गरेका पाण्डेलाई धरौटीमा रिहा गर्न आदेश दिएको स्रोतले बताएको छ । प्रजिअको आदेशपछि पाण्डे आजै थुना मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्