दाङ । तुलसीपुर स्थित राप्ती लाइफ केयर हस्पिटल प्रा.लि.ले कोरोना प्रभावितलाई उपचार गर्न छुट्टै बेडको व्यवस्था गरेको छ ।
कोरोनाको संक्रमण भइहाले त्यसको जोखिन न्यूनिकरणका लागि छुट्टै बेडको व्यवस्था गरिएको हस्पिटलका अध्यक्ष हरि रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालकालागि कोरोना भाइरस संक्रमितको उपचार गर्न पाँचवटा बेडको व्यवस्था गरिएको छ ।

Advertisements

अस्पतालकी इन्चार्ज अनुपमा रेग्मीका अनुसार यदि कोरोना भाइरस प्रभावित बिरामी आउन थाले अस्पतालले संचालन गरेको नर्सिङ कलेजमा उपचारको व्यवस्था मिलाउने जानकारी दिनुभयो । उहाँका अनुसार नर्सिङ कलेजमा एकसय वटा बेडको व्यवस्था गर्न सकेको छ ।


लाइफ केयर हस्पिटलले उपचारकालागि आउने बिरामीकालागि हेल्थ डेस्कको समेत व्यवस्था गरेको निर्देशक जिवन भण्डारीले जानकारी दिनुभयो । कोरोनाको संक्रमण रोक्नकालागि हेल्थ डेस्क संचालन गरिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्