नेपालगन्ज । कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै बाँकेको जमुनाह नाका आइतबारदेखि एक साताका लागि बन्द हुने भएको छ । नेपाली र भारतीय अधिकारीबीच आइतबार बसेको बैठकले एक साता नाका बन्द गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

Advertisements

प्रमखु जिल्ला अधिकारी खड्का, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी विरबहादुर ओली तथा भारतको बहराइज जिल्लाका एसपी दिपेनकुमार मिश्र र जिल्ला अधिकारीसहितको बैठकले एक साता नाका बन्द गर्ने निर्णय गरेको हो।बैठकले मालबाहक सवारी साधन र बिरामीलाई आवतजावत गर्न दिर्ने तथा अन्य यात्रुबाहक सवारी र पैदल यात्रीलाई आवतजावतमा रोक लगाउने निर्णय गरेको प्रजिअ खड्काले जानकारी दिए।

भारतमा आइतबार जनता कर्फर्यु लगाएकोले बन्द थियो। भारतले कोरोना भाइरससँग लड्न भन्दै एक दिनका लागि ‘जनता कर्फर्यु’ लगाउने निर्णय गरेको थियो।

नेपालगन्ज जमुनाह प्रहरी चौकीका प्रमुख माधव रिजालले नाका बन्द गरिएको अवधिमा कसैलाई पनि आवागमनमा छुट नदिइने बताए। उनले भने–‘उपचारका लागि भारत जाने बाहेक कुनै नेपालीलाई भारत प्रवेश गर्न दिइएको छैन। अब पनि नदिने आदेश आएको छ।’

संघीय सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म खाद्यान्न, औषधीलगायत अत्यावश्यक बाहेकका सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेपनि नेपालगञ्ज बजार भने खुल्लै रहेको छ। नेपालगन्जका धम्बोजी, त्रिभुवन् चोक, घरवारी टोलमा पसलहरु खुल्लै छन्।

भिडले अझ जोखिम बढने भन्दै शनिबार कोरोना पुर्व तयारीका लागि गठित जिल्ला स्तरीय ‘टास्कफोर्स’ले चैत ९ गतेदेखि २१ गतेसम्म खाद्यान्न, औषधी लगायत अत्यावश्यक बाहेकका सम्पुर्ण पसल बन्द गर्ने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्