नवलपरासी — एयर अरेबियाको विमानमा संक्रमित व्यक्तिसँगै आएका नवलपरासीका ८ मध्ये ७ जना सम्पर्कमा छैनन् । प्रशासनले उनीहरूको खोती तीव्र पारेको छ ।

Advertisements

नवलपरासी घर रहेका ८ जनामध्ये १ जनाको घर पत्ता लागेको छ। उनीहरूको पासपोर्टमा लेखिएको ठेगानामा यात्रु नभेटिएपछि प्रशासन हैरानीमा परेको छ। उक्त विमानमा आएका नवलपरासीका आठै जना पुरुष हुन्।

उक्त जहाजमा आएका एक पुरुषको स्वास्थ्य परीक्षणको क्रममा बुधबार कोरोना संक्रमण भएको पुष्टि भएपछि गृह मन्त्रालयले पठाएको विवरणका आधारमा खोजी सुरु गरिएको थियो। शनिबारसम्म एक जना फेला परेको र उनी आफ्‍नै घरमा सेल्फ क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी प्रमुख एसपी दीपक रेग्मीले जानकारी दिए।

गृहले पठाएको नामावलीअनुसार प्रहरीलाई खोजतलास गरेर पत्ता लगाउन जिम्मा दिइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत आनन्द शर्माले जानकारी दिए ।

संक्रमित भेटिएको विमान चैत्र ६ गते दुबईको सारजहाँ एयरपोर्टबाट एयर अरेयिबाको जी ९५३७ विमानबाट काठमाडौं आएको थियो। विमानमा १६९ जना यात्रु रहेकोमा ८ जना नवलपरासीका थिए।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्