सुर्खेत । जिप्रका सुर्खेतबाट तीन जना कैदी फरार भएका छन् । राती एक बजे नै झ्याल उक्काई फरार भएपनि प्रहरीले भने बिहान ७ बजेमात्रै थाहा पाएको थियो ।

Advertisements

जिल्ला प्रहरी कार्यालय सुर्खेतको पक्की थुनुवा घरको पछाडी पट्टीको झ्याल नै उक्काएर तीन जना ब्राउन सुगर लागु औषध मुद्दामा पक्राउ परेकाहरू आज राती भागेको प्रहरी श्रोतले जानकारी दिएको छ । तीन जना थुनुवाहरू भागेपछि कोरोना विरुद्ध लडिरहेको प्रहरीको ध्यान भंग भएको छ भने जिल्ला प्रहरी कार्यालय भित्र ठूलै हडकम्प मच्चिएको जिल्ला प्रहरी कार्यालय श्रोतको दाबी छ ।

चैत २० गते राती जिल्ला प्रहरी कार्यालय पछाडीतर्फको झ्याल उक्काई फरार हुनेहरू मा दुइ जना चैत १६ गते मात्रै प्रहरीले ब्राउन सुगर लागुऔषधसहित नियन्त्रणमा लिएको थियो । वीरेन्द्रनगर ६ का २६ वर्षीया रोशनराज रेग्मीलाई चैत १६ गते प्रहरीले ४ ग्राम १५० मिलिग्रम लागु औषधसहित पक्राउ गरेको थियो । यस्तै सोही मितिमा  वीनपा ६ कै २० वर्षका सुनिल थारुलाई १२० मिलि ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।

भेरीगंगा नगरपालिका निवासी हाल वीरेन्द्रनगर ११ मा बस्दै आइरहेका २१ वर्षका सन्देश केशरा पनि फरार भएका छन् । २०७६ फागुन २५ गते उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले ५ ग्राम २०० मिलिग्राम ब्राउन सुगर लागुऔषधसहित पक्राउ गरेको थियो । यी तिनैजना उक्त थुनुवा कक्षबाट फरार भएका हुन्।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्