दाङ । जिल्ला प्रशासन कार्यालय दाङले जिल्लामा आफुखुसी राहत संकलन तथा वितरण भएको भन्दै त्यस्तो नगर्न सबैमा अनुरोध गरेको छ ।

Advertisements

सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले मंगलबार सूचना जारी गर्दै यस्तो अनुरोध गर्नुभएको हो । उहाँले आफुखुसी राहत वितरण गर्ने कार्य राज्यको नीति विपरित भएको हुँदा त्यस्ता कार्य नगर्न, नगराउन अनुरोध गर्नुभएको छ।

सरकारले आगामी बर्ष बैशख ३ गतेसम्मकालागि नेपालमा लकडाउन गरेको भन्दै ज्यालामजदुरी गरि खाने अत्तिबिपन्न, सिमान्तकृत तथा अफ्टेरोमा परेका ब्यक्तिहरुलाई राहत वितर गर्नुपरे स्थानीय तहको समन्वयमा मात्र गर्न अनुरोध गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्