काठमाण्डौ । अस्पतालबाट ड्यूटी सकेर फर्कदै गरेका चिकित्सकहरुलाई पिटेको आरोपमा महानरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाइएको छ ।

Advertisements
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र कान्ति बाल अस्पतालका चिकित्सकहरुलाई पिटेको आरोपमा उनलाई जिम्मेवारीबाट हटाइएको हो । उनलाई महानगरीय कार्यालयमा तानेर डीएसपी श्यामलाल ज्ञवालीलाई त्यहाँ पठाइएको छ।
बुधबार साँझ घर फर्कदै गरेका शिक्षण अस्पतालका डा.शम्भु खनाल, तेजप्रकाश साह र कान्तिका डा.विकास साह माथि कुटपिट गरेको डीएसपी लम्साललाई आरोप लागेको छ।
यो घटनाको छानबिन गर्न महानगरी प्रहरी कार्यालयका एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा अपराध महाशाखाका एसपी मुकेश सिंह र काठमाडौं परिसरका डीएसपी होबिन्द्र बोगटी सदस्य रहेको समिति गठन गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्