दाङ । तुलसीपुरका व्यवसायी तथा समाजसेवी दुर्गाबहादुर वलीले जन्मदिनको अवसरमा पैदल यात्रुकालागि तुलसीपुर उद्योग बाणिज्य संघले संचालन गरेको भान्सा घरलाई आर्थिक सहयोग गर्नुभएको छ ।

Advertisements

वलीले आफ्नो ५१औँ जन्मोत्सवको अवसरमा लक डाउनका कारण पैदल यात्रा गरिरहेका यात्रुलाई खाना खुवाउन उद्योग बाणिज्य संघले संचालन गरेको भान्सा घरलाई १२ हजार ५ सय २५ रुपैँया सहयोग गर्नुभएको हो । उक्त रकम उहाँले एक समारोहकाबीच तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरु रावतलाई हस्तान्तरण गर्नुभयो ।

पैदल यात्रुलाई खाना खुवाउन सहज होस् भनेर सामाजिक काम गरिरहेको तुलसीपुर उद्योग बाणिज्य संघलाई जन्मोत्सवको अवसरमा आर्थिक सहयोग गरेको वलीले बताउनुभयो । तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रावतले जन्मोत्सवको अवसरमा सामाजिक काममा सहयोग गर्नुभएका वलीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । समाजसेवी वली राप्ती संजीवनी आर्गानिक सेन्टरका संचालक हुनुहुन्छ भने ओडब्लुजीका राष्ट्रिय प्रशिक्षक समेत रहनुभएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्