ओखलढुंगा : खोटाङमा ढुंगाले हानेर एकजनाको हत्या भएको छ। केपिलासगढी गाउँपालिका २ का ४७ वर्षीय प्रितिलाल राईलाई आफ्नै सालो २७ वर्षीय मिलन राईले बिहीबार साँझ ढुंगाले टाउकोमा हानेर हत्या गरेका हुन्।

Advertisements

हत्या गर्ने राईलाई प्रहरीले पक्राउ गरेको छ। आफ्नै घरतर्फ जाँदै गरेको अवस्थामा बाटैमा रहेका मिलनले एक्कासि ढुंगाले टाउकोमा प्रहार गर्दा प्रितिलालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

हत्या गरी फरार राईलाई इलाका प्रहरी कार्यालय बाक्सिलाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ भने घटनामा संलग्न उनकै भाई २० वर्षीय जीवन राईलाई पनि नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जील्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्