काठमाडौँ — दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशको औद्योगिक नगरी विशाखापटनमको छेउको एक रासायनिक कारखानाबाट विषालु ग्यास चुहिँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ । सयौं घाइते छन् । घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ ।

Advertisements

भारतीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये २५ जनाभन्दा बढीको अवस्था गम्भीर छ । विशाखापटनमबाट करिब १५ किलोमिटरको दूरीमा रहेको आरआरभी पुरम छेउका गोपालपटनम रहेको उक्त रासायनिक कारखानाबाट बिहान साढे तीन बजेदेखि विषालु ग्यास चुहिन थालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विषालु ग्यास वरिपरिको हावामा फैलिन थालेपछि स्थानीयहरूमा आँखा पोल्ने र श्वास फेर्न मुस्किल भएको बताइएको छ । त्यसपछि गाउँलेहरूमा भागाभाग मच्चिएको थियो । श्वास फेर्न गाह्रो भएपछि कतिपय बेहो भएर लडेका थिए । पाँच हजारभन्दा बढी बिरामी परेको बताइएको छ । सबैभन्दा बढी असर बच्चा र वृद्धहरूमा परेको छ ।

लकडाउनका कारण गत ४० दिनदेखि बन्द रहेको कारखाना बिहीबारदेखि खोल्ने तय भएको थियो । त्यहीअनुसार १५ जना कामदारहरू बिहानैदेखि ग्यास भण्डार गरिएका ट्यांकीको जाँच गर्न थालेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्