दाङ । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा १३ जना कोरोना संक्रमितहरु भर्ना भएका छन्। दाङमा कोरोना संक्रमति पुष्टि भएका दुई जना पुरुष, बाँके नैनापुरका आठ जना पुरुष र कपिलबस्तुका तीन जना कोरोना संक्रमित पुरुषहरुलाई उपचारार्थ ल्याइएको अस्पतालका सदस्य सचिब डा. सर्वेश शर्माले जानकारी दिए।

Advertisements

शुक्रबार राती करिब १२ बजेतिर गढवाका दुई जना र कपिलबस्तुका तीन जनालाई अस्पतालमा ल्याएको अस्पतालका उनले बताए। गढवा गाउँपालिका वडा नं.४ र ५ का ३६ र २३ वर्षका व्यक्तिमा संक्रमण देखिएको हो। उनीहरु भारतको गोरखपुर र मुम्बईबाट फर्किएका व्यक्ति हुन्। कृष्णनगरबाट एउटा संस्थाको एम्बुलेन्सबाट गढवा ल्याइएको र गढवाबाट स्वाब संकलनका लागी फेरि अर्को एम्बुलेन्सबाट लमही क्वारेन्टाइनमा लगिएको पाइएको छ।

दुबै एम्बुलेन्स चालकलाई क्वारेन्टाइनमा राखिएको र शनिबार स्वाब संकलन गरेर परीक्षणको लागि पठाइने गढवा स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिए। शुक्रबार करिब ७ बजे बाँकेका आठजना पुरुषलाई अस्पताल ल्याइएको थियो। ‘उहाँहरुले स्वास्थ्य अवस्था सामान्य छ,’ चौधरीले  भने,‘ उहाँहरुको स्वास्थ्य अवस्था चेकजाँच हुन्छ, त्यसै अनुसार उपचार गर्नेछौँ। ’ अस्पातलमा सातवटा आईसियु र तीनवटा भेन्टिलेटरसहित एक सय बेड रहेको उनले बताए।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्