हापुरे(दाङ)बबई गाउँपालिकाले कोरोनाका कारण आइपर्ने संकटलाई सामना गर्न दुई सय बेडको क्वारेन्टाइन निमार्ण कार्य अघी बढाएको छ ।
गाउँपालिकाले हापुरेमा रहेको बिद्यालयमा २ सय बेडको क्वारेन्टाइन निर्माण थालिएको गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार क्वारेन्टाइन बनाउन आवश्यक सबै सामग्री ल्याइसकिएको छ । क्वारेन्टाइनमा हालसम्म ५ सय ४१ जनालाई राखिएको छ भने हाल ११ जना क्वारेन्टाइनमै रहेका छन् ।
क्वारेन्टाइनमा रहेकाहरुको पिसिआर चेकगरी नेगेटिभ रिपोर्ट आएपछी मात्रै घर पठाउने गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार छिमेकी मुलुक भारतमा रहेका बबई गाउँपालिकावासीलाई ल्याउने अन्तिम तयारी समेत भएको छ । उनीहरु आएपछी क्वारेन्टाइनमा राखेर मात्रै घर पठाइने छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्