तुलसीपुर । प्रतिनिधीसभा सभाका सांसद हिराचन्द्र केसीले स्वास्थ्य सुरक्षा सामग्री सहयाेग गर्नुभएको छ । सांसद केसीले आज अग्रपंत्तिमा खटिएर काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयाेग गर्नुभएको हो । कोरोनाको महामारीका संकटको बेलामा सुरक्षाकर्मी, पत्रकार, स्वास्थ्यकर्मी बढी जोखिममा रहेकाले स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको सांसद केसीले बताउनुभयोे ।

Advertisements

सुरक्षित तवरले आफ्नो भुमिका निर्वाह गर्न उहाँले आग्रह समेत गर्नुभयाे । उहाँले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आफ्नो व्यक्तिगत लगानीमा पिपिई, ग्लोब्स, मास्क, स्यानीटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामगं हस्तान्तरण गर्नुभएको हो । तुलसीपुर उप महानगरपालिकाको स्वास्थ्य शाखा, इलाका प्रहरी कार्यालय तुलसीपुर,टाफिक प्रहरी र तुलसीपुरमा रहेको एक दर्जन मिडिया लाई स्वास्थ्य सुरक्षा सामग्री सहयाेग गर्नुभएको थियाे । सांसद केसीले यसअघि पश्चिम क्षेत्रमा रहेका श्वास्थ्य संंस्थामा पिपिई लगायत श्वास्थ्य सुरक्षा सामग्री सहयाेग गरेको स्वकिय सचिव सन्तोष वलीले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्