काठमाडौं । राजधानी काठमाडौंमै स्थापित क्वारेन्टाइनमा बसाइ असहज भएको गुनासो बढेको छ। कोरोना भाइरस संक्रमण आशंका गरिएका तथा द्रुत परीक्षणमा पोजेटिभ भई क्वारेन्टाइनमा बसेका नागरिकहरुले क्वारेन्टाईनमा आवश्यक सुविधा नरहेकोले आफूहरुलाई समस्या परेको गुनासो गर्न थालेका छन्।

Advertisements

चन्द्रागिरि नगरपालिकाले सञ्चालन गरेको निर्माणाधीन मनमोहन अस्पतालमा सञ्चालन गरेको क्वारेन्टाइनमा शौचालय र पानीको समस्या रहेको त्यहाँ बस्नेहरुले जनाएका छन्। आरडीटी पोजेटिभ आपछि तीन दिनदेखि क्वारेन्टाइनमा बस्दै आएकी चन्दागिरि ३ की एक महिलाले क्वारेन्टाइनमा समस्या रहैको बताएकी हुन्। ‘तीन दिनदेखि हामी शौचालयको समस्या भोग्दै आएका छौँ,’ ती महिलाले भनिन्, ‘शौचालय जाम भएको रहेछ, अझै त्यस्तै छ।’ उनले पानीको समस्याका कारण मुख धुनसमेत राम्रोसँग नपाएको गुनासो गरिन्।

पानी र शौचालयको समस्या हुँदा क्वारेन्टाइनमा बस्ने महिलाहरु झनै समस्यामा परेको बताइन्। उनले पहुँचवालाको  पिसिआर पहिले गर्ने र अरूको कम वास्ता गरेकोमा समेत गुनासो गरिन्।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्