
काठमाण्डौ । जापानकी टेनिस खेलाडी नाओमी ओसाका इतिहासमै सबैभन्दा बढी कमाउने महिला खेलाडी बनेकी छिन्।
अमेरिकी टेनिस स्टार सेरेना विलियम्सलाई पछिपार्दै ओसाका सर्वाधिक कमाउने खेलाडी बनेकी हुन्।
Advertisements

२३ पटककी ग्रान्डस्लाम च्याम्पियन सेरेना विगत चार वर्षयता लगातार सर्वाधिक पैसा कमाउने महिला खेलाडी थिइन्।

फोब्र्सका अनुसार २२ वर्षीया ओसाका कमाएको रहकम सेरेनाको भन्दा १.४ मिलियन डलर बढी हो।
ओसाकाले सन् २०१८ मा युएस ओपनको उपाधि जितेपछि चर्चा कमाएकी थिइन्। उनले २०१९ को अस्ट्रेलियन ओपन पनि जितेकी थिइन्।
ओसाकाले खेल जितेमार्फत पाएको पुरस्कार रकम र विश्व चर्चित ब्राण्डमा गरेको सम्झौताबाट ठूलो रकम आर्जन गरेकी हुन्। एजेन्सी


