काठमाण्डौ । कोरोना संक्रमण देखिएका नेपाली सेनाका दुई अधिकृत निको भई अस्पतालबाट डिस्चार्ज भएका छन्।

Advertisements

मध्यपूर्वी पृतनामा कार्यरत दुवै सैनीक शुक्रबार डिस्चार्ज भएको सशस्त्र प्रहरी अस्पताल बलम्बुले जनाएको छ।

जेठ ३ गते संक्रमण पुष्टि भएका उनीहरु १२ दिनमैं निको भएका हुन्।

बलम्बु अस्पतालमा अझै १३ जना बिभिन्न संक्रमित व्यक्तिको उपचार भइरहेको छ।

नेपालमै रहेका दुईसहित कूल ५ जना सैनिक अझै कोरोना संक्रमित छन्। तीमध्ये तीन जना शान्ति मिसनमा गएकाहरु हुन्।

उनीहरुको सम्बन्धित देशमै उपचार भइरहेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

पृतनाका उच्च अधिकारीलाई कोरोना संक्रमण देखिएपछि त्यहाँका २१९ सैनिकको पीसीआर बिधिबाट कोरोना परीक्षण गरिएको छ।

संक्रमितको सम्पर्कमा रहेका ९ जनाको बुधबार स्वाब संकलन गरिएको थियो। १२ सैनिक अझै आइसोलेसनमा रहेको जंगी अड्डाले जनाएको छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्