ईप्रका तुलसीपुरका प्रमुख डीएसपी शिबबहादुर सिंह

दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिबबहादुर सिंहले प्रहरी र नागरिक बीचको सम्बन्ध प्रगाढ बनाउने अभियान थालेका छन् ।

तुलसीपुरमा प्रहरीको कार्यशैलीका कारण नागरिक सँग सम्बन्ध चिसिएको भन्दै उनले नागरिक सँग बोल्दा सभ्य र शालीन रूपमा प्रस्तुत हुन मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएको डीएसपी सिंहले बताए ।

´म आउने बित्तिकै प्रहरीको बोल्ने शैलीका कारण नागरिक सँग सम्बन्ध चिसीएको महसुस गरेको छु ।` डीएसपी सिंहले भने नागरिक सँग बोल्दा ´हजुर`भनेर मात्रै कुरा गर्न मातहतलाई निर्देशन दिएको छु ।` डीएसपी सिंहले यदि कुनै प्रहरीले नागरिकलाई तँ र तपाईं भनेको पाइए कार्वाही गर्ने समेत बताएका छन् ।

Advertisements

3 प्रतिक्रिया

  1. अलि सुकिलामुकिलालाई सधै तपाई हजुर नै भन्छन् तर मजदुर गरिबलाई कहिले यिनको जिब्रो बाट सम्मानजनक शब्द निस्केलान र शंकै लाग्छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्