सुशील खड्का

पृष्ठभुमि 

विश्वको अर्थतन्त्र निछयाम परिस्थितिमा छ। सन 2019 डिसेम्बर देखि चिनको वुहानबाट सुरु भएको कोरोना भाइरस अर्थात कोभिड 19 ले विश्वभर महामारीको रुप ग्रहण गर्दा अर्थतन्त्र भयबह सँकुचन र गम्भीर संकटमा परेको छ।संसारकै बलिया अर्थतन्त्रको आकार भएका  र बिकासको प्रभावलाई पृथ्वी मात्रै हैन चन्द्रमा र मंगल् ग्रह सम्म बिस्तार गरेका देशहरु आज निफर भै मास्क, पिपिइ र सेनिटाइजर उत्पादक कम्पनीको लाममा लामबद्व भएका छन। अबको बिश्व कोभिड 19 जस्ता थुप्रै भयावह संकटबाट पटक पटक आक्रमणमा पर्ने निश्चिति प्राय छ किन कि हामी न्वारान देखिको बल लगाएर प्रकृतिलाइ हानी गर्ने लागेका छौँ ।यसको प्रतिफल त हामिले भोग्नु  पर्दै जानेछ। जलवायू परिवर्तनको असर , नवीन रोगको संक्रमण , अनगिन्ती संकट र समस्याबाट आक्रान्त हुने प्रष्ट भवितव्यं हुँदै गर्दा पनि आज सम्म विश्वले अंहिकार गरेको अर्थतन्त्रको मोडेल वा बिकासको मार्गचित्रको समीक्षा गर्न   ढिला गरिनुले कतै मानव अस्तित्व रक्षा माथी नै प्रतिकुल परिणाम न आउलान भन्न  सकिदैन। हामी गम्भीर बिमर्शको बिन्दुमा छौ । के , समकालीन बिश्व अर्थव्यवस्था र बिकास मोडेलले मानब सभ्यतामा देखिने भावी चुनौतीहरुलाई सामाना गर्न सक्छ? के मानव अस्तित्व रक्षा गर्न अब्बल छ त ?  तर समकालीन समस्या र संकटको संकेत हेर्दा हाम्रो अर्थ व्यवस्था र बिकास मोडेल माथी प्रश्न उब्जाएको छ। वातावरणको पक्ष माथि नीर विचार गर्दै  अर्थतन्त्रमा उच्च आर्थिक वृद्धिको ध्याउन्नले मानव सभ्यताको अस्तित्व माथि नै  चुनौतीहरु थुपारिदिएको  प्रष्ट छ।फलस्वरूप बिश्वको ध्यान गम्भीर तरिकाले आकृष्ट  हुन नसकेको  तर एक दशक देखि बहसमा रहेको हरित अर्थतन्त्रको अबलम्बन र बिकासको बहसमा विश्वको ध्यान केन्द्रित हुनुपर्ने आवश्यकता देखिन्छ।
 परिचय : हरित अर्थतन्त्र वातावरणीय जोखिम र पर्यावरणीय असर न्यूनीकरणसङ्ग अन्तरसम्बन्धित नविनतम अवधारणा हो।हरित अर्थतन्त्रलाई  आर्थिक , वातावरणीय र सामाजिक आयामको  दिगो तथा प्रगतिशील बिकास र उन्न्यनको उदयमान बिश्व दृष्टिकोणको रुपमा अर्थ्याउन सकिन्छ। हरित अर्थतन्त्रले अर्थतन्त्रका उत्पादन ,वितरण , उपभोग लगायत समग्र पक्षहरुमा वातावरणमैत्री उपागमनको  अबलम्बनमा जोड दिन्छ।हरित अर्थतन्त्र अन्तर्गत वातावरण ह्रास विनाको दिगो र स्थायी बिकासको परिकल्पना गरिएको छ। अर्थतन्त्रको वृद्धि भनि व्यबस्थापनको परम्परागत अवधारणाको सट्टा आर्थिक व्यबस्थापन सहितको दिर्घकालिन वृद्धिलाई ध्यान दिनु हरित अर्थतन्त्रको  बिशेषता हो।अर्थतन्त्रको बिकास र बिस्तारमा वातावरणीय र पर्यावरणीय सरोकारका विषयको सम्बोधन गर्दै दिगो अर्थतन्त्र निर्माण गर्नु यसको मुख्य उद्देश हो।
अबधारणा:हरित अर्थतन्त्रको अबधारणाको बिकास खासगरि बिकासलाई वातावरणसङ्ग सन्निकट गर्ने विगतमा भएका अनबरत प्रयत्नको उपज मान्नु पर्दछ । सन् २००८ पछि देखापरेको विभिन्न आर्थिक संकटहरुले विश्वव्यापी रुपमा अर्थतन्त्रका नविनतम वहसको मार्ग प्रशस्त गर्‍यो फलस्वरूप रास्ट्रसघिय वातावरण कार्यक्रमले आर्थिक मन्दी पश्चात् समान प्रकृतिका संकटहरुको दीर्घकालिन समाधानका लागि हरित बिकासको अबधारणा अगाडि सार्‍यो ।सन् २०११ मा UNEP संयुक्त  रास्ट्र संघीय वातावरण कार्यक्रम द्वारा प्रकाशित Green Economy Report ले अर्थतन्त्र हरित हुनको लागि अर्थतन्त्र प्रभावोत्पादक मात्रै नभै अर्थतन्त्रको स्वच्छतामा पनि जोड दिनु पर्ने मान्यता प्रकट गरेको छ। अर्थतन्त्रको स्वच्छता भन्न्नाले रास्ट्र र विश्व्व्यापी समताको दृष्टिकोणको  पहिचान तथा सामाजिक समावेशिकरण तथा न्यून कार्वन स्रोत उत्सर्जनमा अर्थतन्त्रको स्थानान्तरणको भाव व्यक्त गर्दछ।
बर्तमान बिश्वमा आर्थिक बिकास भित्र विभिन्न वातावरणीय सरोकारहरुका विषयमा ध्यान दिनुपर्ने स्थिति देखा परेको छ
जस्तो :
– बढदो विश्व जनसंख्यालाई खाद्यान्नको आपूर्ति र रोजगारि लगायत अन्य अबसर सृजनाको प्रयासमा वातावरण,
 माथीको चाप
-जलवायु परिवर्तन बाट सृजित चुनौती ,
-आर्थिक वृद्धि र बजार प्रतिस्पर्धाका कारण प्राकृतिक वातावरण र उपलब्ध स्रोतको अन्धाधुन्ध दोहन,
लगायत समकालीन चुनौतीले बिकासको वर्तमान मोडेलबाट बिश्व अघाउदै गएको छ।हरियो वातावरण तथा हरित प्रविधियुक्त प्रकृतिमैत्री बिकासको आवश्यकता बोध गर्न ढिलाे गर्न हुदैन र यो कृत्रिम विकास/विध्वंसात्मक विकासको पर्खाल तोड्दै हरित अर्थतन्त्रको सवलिकरणमा बिश्वको गम्भीर ध्यानाकर्षण हुनु पर्ने देखिन्छ ।
 महत्त्व :हरित अर्थतन्त्रले प्राकृतिक पुंजि  र पर्यावरणीय सेवाको अर्थतन्त्रमा मुल्य सरह प्रत्यक्ष मुल्यांकन गर्दछ।यसका महत्त्वहरु बृहत् छन जुन निम्न अनुसार लिपिबद्व गरिएका छन ।
– प्राकृतिक पुंजि भण्डारको पुनर्भरण गर्न ,
-अर्थतन्त्रको विकासमा वातावरणीय र पर्यावरणीय सरोकारका विषयहरु सम्बोधन गर्न ,
– दिगो अर्थतन्त्र निर्माण गर्न,
– प्राकृति स्रोत साधनको समुचित उपयोग गर्न ,
-आर्थिक स्थायित्व कायम गर्न ,
-वातावरणमैत्री विपद प्रतिरोधि  व्यबस्थित सुरम्य  शहरीकरण  र हरित अाैघोगिकरण गर्न ,
-समावेशी बिकासलाई प्रवद्वन गर्न,
-उत्पादकत्व वृद्धि गर्न ,
– वैज्ञानिक भु-उपभोग गर्न,
-वातावरणिय विपद र पर्यावरणीय जोखिम न्यूनीकरण गर्न,
-उर्जाको विविधीकरण गर्न ,
– साधन स्रोतको समन्यायिक र मितव्ययी परिचालन गर्न,
– उत्पादन र उपभोगमा दिगोपना ल्याउन ,
– जैविक विविधताको संरक्षण र प्रदुषण नियन्त्रण गर्न
-जलवायुमैत्री र हरित प्रविधि प्रयोग गर्न
– स्वच्छ व्यापार संचालन गर्न,
-नवीकरणीय उर्जाको प्रयोग वृद्धि गर्न ,
-न्युन कार्वनयुक्त यातायात, सफा प्रविधि र दिगो कृषिमा लगानी अभिवृद्धि गर्न आदि
 हरित अर्थतन्त्र अबलम्बनका बहुआयामिक उपाय: हामिले अबलम्बन गरेको बिकास यस्तो आत्मघाती यात्राको चरम चुलिमा पुगेको  छ जुन बिकासले गलती रियलाइजेसन गर्दै हरित अर्थतन्त्र तिर फर्कनु वा विध्वंसको गन्तव्य तय  गर्नु वाहेक अरु कुनै सम्भावना वाकी भएन तर विकासको अध्याय सुरु गर्दै गरेका हामी जस्ता विकासिल र विकासउन्मुख देशले गम्भीर मनन: गर्नुपर्छ र समयमै अबलम्बन गर्नु पर्दछ।हरित अर्थतन्त्र अबलम्बनका   बहुआयामिक कार्यक्षेत्रको चर्चा यसप्रकार गरिन्छ।
(क)   हरित कृषि(Greening agriculture ) : कृषिमा व्यवसायी लगानी कमजोर रहेका हाम्रो जस्तो देशमा जलवायू परिवर्तन लगायत अन्य वातावरणीय समस्या थपिदै जानुले  कृषिको बिकास र बिस्तारमा नंया नंया जोखिमले आक्रान्त हुने र भबिस्यमा आउने नवीन कठिनाइ / विपद हरुको सम्बोधन गर्न नसक्ने परिस्थितिको सृजना हुँदै गएको देखिन्छ।हरित कृषिले तत्  वर्तमान र भबिस्यमा आउने जोखिमको दिगो व्यबस्थापन गर्दछ।
     कृषिलाई हरित गराउने उपाय
-किसान ,अनुसन्धानकर्ता , निजि क्षेत्र , नागरिक समाज ,निति निर्माता बिच वातावरण मैत्री कृषिको निश्चित मार्ग चित्र स्पष्ट पार्ने,
-वातानुकुलित व्यबसायिक हरित प्रविधि युक्त कृषि बिकासमा जोड दिने,
– कृषिमा लैगिक मुलप्रवाहिकरण गर्ने,
-दिगो भु- व्यबस्थापन नीति अख्तियार गर्ने,
-वैज्ञानिक भुमी सुधार अभियान अबलम्बन गर्ने,
-उन्नत पानी व्यवस्थापन पद्धतिको बिकास गर्ने,
– उर्जा विविधीकरण गर्ने,
-जलवायू अनुकुल कृषि पद्धतिको अन्वेषण गर्ने,
– हरित प्रविधिको लगानीमा सहुलियत र अनुदान प्रदान गर्दै प्रोत्साहन नीति अहिङकार गर्ने,
आदि
(ख)हरित निर्माण(Greening construction):
विभिन्न अध्ययनले हरित निर्माणले वातावरण सहितको भौतिक बिकासमा उल्लेखनीय प्रगति प्राप्त गर्ने कुराको निर्धारण गर्दछ। जलवायु अनुकुलित उद्योगिकरणको  आधार निर्माणमा हरित अर्थतन्त्रको योगदान रहन्छ।खास गरि नेपाल जस्ता प्राकृतिक सम्पदा युक्त देशमा हरेक भौतिक प्रगति गर्दा प्रकृति माथी निर्मम अन्याय गरिन्छ। जन स्तरमा बिकास कार्य संचालन गर्दा   मानव निर्मित संरचना बचाउने र  बर्षाै  समय लगाउदा पनि पुनःसोही संरचना नबन्ने वा फरि पुनः उत्पादन गर्ने नसक्ने प्रकृतिक संरचना नस्ट गर्ने परिपाटी छ ।
उदाहरणका लागि बाटो, पुल, सिंचाइ लगायत भौतिक संरचना निर्माण गर्दा केही महिना मा पुनरनिर्माण गर्न सक्ने घर वा मानवीय संरचना बचाउने र  हामी 100अाै बर्ष हुर्किन समय लाग्ने रुख काट्न हामी उधत छौँ ।यो जन चेतना, संस्कार  ,निति र योजना परिबर्तन गर्नका लागि  हरित निर्माणको अबधारण अख्तियारि गर्नु पर्दछ।
  निर्माण  हरित गर्ने उपाय:
– हरित निर्माण अभ्यासको म्यान्डेड अनुरुप कोर्ड र स्ट्यान्डर्ड लागू गर्ने,
– दिगो योजनाको सिद्धांत अनुरुप स्थानीय हरित निर्माण रेटिङ पद्धति बिकास गर्ने ,
-विधमान बिकास मार्गचित्र र अन्य योजना निर्देशिका पुनर बिचार गर्ने,
-हरित निर्माण गतिविधिमा वित्तिय अनुदान प्रदान गर्ने,
-बिकास र वातावरणलाई तादाम्ता मिलाउने योजना तर्जुमा गर्ने ,
– हरित निर्माण सम्बन्धि जनचेतना जागरण गर्ने,
आदि
(ग)हरित उर्जा  (Greening energy ): सफा उर्जालाई प्रवद्वन गर्नु भनेकै हरित उर्जा हो।नवीकरणीय  उर्जाको प्रयोग बढाउनु हरित उर्जाको मुख्य  उद्देश हो।
उर्जा हरित बनाउने कदम:
-उर्जा यथोपयुक्ततामा र नविकरणीय उर्जा सामग्रीमा कर/महसुल मुक्त गर्ने,
-नविकरणीय उर्जा परियोजनामा वित्तीय सहायतामा अभिवृद्धि गर्ने,
-Inefficient Motors vehicles आयातमा दुरुसाहन गर्ने,
-पानी र उर्जा संरक्षणको एकीकृत बिकास मोडेल निर्माण गर्ने,
-जलबिधुत उत्पादनमा र बिधुतको बृहतर उपयोगमा विशेष योजना तर्जुमा  गर्ने,
-बिधुत मैत्री यातायात प्रणालीको बिकास र बिस्तारमा राज्यको उच्च प्राथमिकता हुर्नु पर्ने,
-विघुतिय उपकरण उपयोग रास्ट्रव्यापि प्रोत्साहन कार्यक्रम संचालन गर्नु पर्ने,
– वैज्ञानिक फोहोर मैला व्यवस्थापन :फोहोरलाई मोहर बनाउने नीति अख्तियारि गर्ने,
आदि
(घ)हरित पानी (Greening Water):जल जैबिक विविधता संरक्षण  र पानीको बहुआयमिक दिगो व्यवस्थापन गर्नु नै पानी लाई हरित बनाउने प्रकियाको  रुपमा बुझ्न पर्दछ।
पानी हरित बनाउने उपाय:
-जल प्रदुषण नियन्त्रण गर्ने,
-नदि नाला तथा  जल सम्पदा  वरिपरि वृक्षरोपण तथा एकिकृत बन – जल संरक्षण कार्यक्रम संचालन गर्ने,
-ग्रामीण नाला/ नहर सुबिधा बिस्तार गर्ने,
-आकाशे पानीको संचितिकरणको संस्कार  बिकास गर्ने,
-बृहत्तर ढल प्रसोधन र पुन प्रयोग परियोजना संचालन गर्ने,
–मुल्यको पुनर्लाभ पद्धतिको कार्यन्वयन गर्ने,
-ग्रामीण पानी आपूर्तिमा स्थानीयको सहभागीतामा व्यबस्थापन गर्ने,
-जलबायु अनुकुल योजना तर्जुमा गर्ने,
आदि
(ङ)हरित पर्यटन(Greening tourism):
नेपाल लगायत प्राकृतिक रुपमा अनुपम देशहरुमा घुम्न आउने विकसित देशका पर्यटनहरुको सङ्ख्या बढनुले कृत्रिम आर्थिक बिकास  र कृत्रिम पर्यटन भन्दा प्राकृतिक पर्यटनमा मानिसहरु आनन्दित हुन्छन र पर्यटकको रोजाइ प्राकृतिक पर्यटनमा रहेको स्पष्ट हुन्छ।यस कारणपनि हरित पर्यटनको सम्भावना र आवश्यकता बलियो रुपमा उदयमान भएको देखिन्छ ।
पर्यटनलाई हरित बनाउने उपाय:
-जलबायु परिवर्तनका प्रभाव (हिम पहिरो, हिम ताल बिस्फोटन आदि )न्यूनीकरणमा दृिघकालिन योजना तर्जुमा गर्ने,
-जैविक पर्यटन , साहासिक पर्यटन तथा प्राकृतिक पर्यटनको मौलिक बिकासमा जोड दिने,
-पर्यटनका हरित तत्व तथा विशेषताहरुको ब्रान्डिङ र बजारीकरणको रणनिती बिकास र कार्यन्वयन गर्ने,
-हरित लगानीमा प्रोत्साहन (अनुदान, सहायता)प्रदान गर्ने,
-साना तथा मझौला उधेमीलाई लगानिमा प्रोत्साहन गर्ने,
-सार्बजनिक निजि  तथा सहकारीको त्रिपक्ष साझेदारिमा सहजीकरण गर्ने      आदि
अन्ततोगत्वा: बिकसित देशहरुले हरित अर्थतन्त्रको रियलाइजेशेन अहिले गरेका छन। तर यो मुद्दामा हामी जस्तो बिकाशिल र अल्पबिकासित रास्ट्र हरुलाइ बिकासका सुरुबाती चरण देखि नै अबलम्बन गर्ने सौभाग्य प्राप्त भएको छ।यो अबसर र सौभाग्यलाई अधिकाधिक उपयोग गर्नु पर्दछ।परम्परागत खैरो अर्थतन्त्र नाफामुखी उदारीकरणमा लिप्त हुदा समकालीन विश्वव्यापी चुनौती सम्बोधनमा अक्षम    तथा भावी दिन हरुमा पनि असम्भव प्रायः हुने दृद निश्चित छ। त्यसैलेपनी नेपालको भौगोलिक परिवेश  परिस्थिती र स्वरुप विशिस्ट विशेषताको हुनाले , नेपालले दिगो आर्थिक वृद्ध , वातावरणीय दिगोपना र सामाजिक न्याय सहितको हरित अर्थतन्त्रको खाका तर्जुमा गरि हरित विशेषता सहितको दिगो समृद्धि हासिल गर्ने दिशामा केन्द्रित हुनुपर्दछ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्